१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई मन्त्री तामाङकाे आग्रह


२७ फागुन, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् ।नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै मन्त्री तामाङ्ले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरे ।

मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे । यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।

प्रवर्द्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने बताए । नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक प्रवर्द्धक नियुक्ति गरेको हो । सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवद्र्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १७:०२