१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लाभांश प्रस्तावसहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा


२७ फागुन, काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको हो । कम्पनीले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ११:१८