१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, यस्तो छ कारोबार मूल्य


२७ फागुन, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य महिलेसम्मकै उच्च हो ।

अघिल्लो दिनसम्म छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १०:५४