१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

अनुशासन आयोगले एमाले नेतालाई छुट्टै अनुशासन पढाउँदै


२६ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सबै प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आयोगको निर्णयबमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले पार्टी, सङ्गठन, अनुशासन र नेतृत्व विषयमा र आयोगका सचिव प्रा डा भरत पहारीले अनुशासन र आचारसंहिता विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागीहरूले व्यक्तिगत तथा सम्पत्ति विवरण अद्यावधिक गराउनका साथै पार्टीको नीति, सिद्धान्त, विधान र निर्णय कार्यान्वयन गराउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १८:१९