१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

फडिन्द्र अधिकारी ‘झटारे’

अब नारीहरु सब जाग छिटो

बस्ने फुसर्द छैन रतिभर तिम्रो

दुनिया भरमा तिमी चर्चित छौ

अब बेर भयो उठ जाग छिटो

अब क्रान्ति नयाँ लिइ उठ्नु पर्यो

अब पर्वत हिन्दछ क्रान्ति गरे

रति छैन यहा क्षण बित्छ भरे

जसले सब सृष्टी गरेर यहाँ

अपहेलना भैकन बाच्नु पर्छ यहाँ

पर्दा मन रुन्छ सँधैभरि

अब जागन नारी बिचार गरि

कति दिन र हिन समाज भरि

सब जीव रमाउँछन यसरी

तिम्रो अति नै देन छ विश्व भरि

तिमी जिबन हौ तिमी जागर हौ

सब लोकमा तिमी सागर हौ

नर भै गर जोश निकाल छिटो

सुत्ने अब काल सबै बितिगो

गर पौरख यो धरणी भरमा

तरबार तिखार लिई करमा

कि त बन्दुक हातमा लिइ समाई लड

अब नारी तिमी लु अगाडी बढ

कति से. बने तिमी कै पसिना

पशुतुल्य खरिद गरेर यहाँ

हरदम मनभोज बनाउनको लागि

अब हुन्न सहेर जाग छिटो

अब नारी नयाँ अभियान गरि

हर गाउँ समाज र टोल भरि

महिलाहरुको अधिकार महा

खोज तिम्रो अधिकार विश्वमा !

बराहक्षेत्र न.पा. १०, प्रकाशपुर, सुनसरी

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १७:३४