१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

२५ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर छ । अघिल्लो कारोबार दिन बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको भाउ १ लाख २४ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबारको दिन बिहीबार पनि सुन सोही खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । बिहीबार १ हजार ४७० रुपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार ११:१०