१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बुधबार पनि सुनको भाउमा नयाँ रेकर्ड, यस्तो छ प्रतितोला मूल्य


२३ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार पनि सुनको नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो कारोबारको दिन मंगलबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनामएको थियो। बुधबार पुनः सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। यस्तै, बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १०:५३