१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एक फाइनान्सको ६.५ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा


२३ फागुन, काठमाडौँ । आइसीएफसी फाइनान्सले नगद लाभाशं सेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको कर सहित ६.५ प्रतिशत नगद लाभांश सेयरधनीको सम्बन्धित खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।

डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका सेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि आइपीएसमार्फत नगद लाभांश जम्मा गराएको फाइनान्सले जनाएको छ । साथै, हालसम्म पनि डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र अद्यावधिक गराउन फाइनान्सले आग्रह गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०७९ सम्मको साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी रहेका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउनसमेत कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार ०९:३२