१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन प्रतितोला २ हजारले बढ्यो


२२ फागुन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँ पुगेको छ । । जुन मूल्य अहिलेसम्मकै उच्च हो।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १०:५५