१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एक बैंकको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा


२२ फागुन, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले गत आर्थिक बर्ष २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो । गत मंसिर २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको बैंकले जनाएको छ ।

बैंकले मंसिर १० गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरेको  र सो मितिपश्चात अभौतिकीकरण गराएकाको सेयरधनीको हकमा भने क्रमशः जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ०९:३९