१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

भेट्रान कप जित्यो- एडिलेड खुकुरी फुटवल क्लबले


अष्ट्रेलिया । शनिवार एडिलेडमा सम्पन्न नेपाली पाठशाला भेट्रान कप २०२४ एडिलेड खुकुरी फुटवल क्लवले जितेको छ ।

फाईनलमा एडिलेड खुकुरी फुटवल क्लव र आयोजक नेपाली पाठशालाको टिम बिच भएको रोमान्चक खेलमा १-० ले खुकुरी क्लव विजयी भएको थियो । यस खेलमा खुकुरी क्लवका बिक्रम प्रसाईले गरेको गोल निर्णायक गोल सावित भएको थियो ।

यस अगाडी भएको सेमीफाईल खेलहरुमा एडिलेड खुकुरी फुटवल क्लवले ८८४८ रोएल्स फुटवल क्लवलाई हराउदै फाईनलमा पुगेको थियो भने दोस्रो सेमिफाईलमा नेपाली पाठशालाले एडिलेड खुकुरी फुटवल क्लवको फरएभर योङ टिमलाई हराउदै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा भेट्रान (३५ बर्ष माथी) को समुहमा ६ टिम सहभागी थिए । प्रतियोगिता उत्कृट खेलाडी र सर्वाधिक गोलकर्ता एडिलेड खुकुरी फुटवल क्लवका बिक्रम प्रसाई भए । भने उत्कृष्ट गोल रक्षक नेपाली पाठशालाका नविन लम्साल भएका छन् ।

यसै प्रतियोगिताको विचमा वालवालिकाहरु तर्फको खेलमा नेपाली पाठशालाको टिमले एडिलेड नेपाली बिद्यालयको टिमलाई १-० पछाडि पार्दै विजेता भएको थियो । विजयी खेलाडीहरुलाई एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताकै विचमा भएको ४५ बर्ष उमेर माथीको समुहको खेलमा एडिलेड साउथ क्षेत्रको टिमले नर्थ क्षेत्रको टिमलाई १-० ले पछाडी पार्दै बिजयी भएको थियो ।

नेपाली पाठशालाका खेलकुद प्रमुख तथा कार्यक्रमका संयोजक राजिब बस्नेतले खेलकुद प्रतियोगिता मात्र नभएर स्वास्थ्यका लागि पनि जरुरी हुने भएकाले सबै उमेरमा खेलकुदलाई जारी राख्नु पर्छ भन्ने मान्यता रहेको बताए । उनले भने नेपाल र अष्ट्रेलियामा समेत विगतममा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरु एडिलेडमा भएकाले उहाहरुलाई उत्साह भर्न र खेललाई निरन्तरता दिन प्रेरित गर्न समेत प्रतियोगिता आयोजना गरिएको बताए ।

नेपाली पाठशालाका अध्यक्ष अंकुर उपाध्यायले भेट्रान कपको तेस्रो संस्करण सम्म आई पुग्दा प्रतियोगिता सफल पार्न मुख्य भुमीका खेल्ने खेलाडी, अफिसियल, स्वयंसेवक, सौजन्यकर्ता र सबै सहयोगीहरुमा धन्यवाद र आभारि रहेको बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १६:०३