१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सुनको भाउमा उच्च वृद्धि, यस्तो छ कारोबार मूल्य


२० फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २१ रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइहरको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ११:०६