१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

ओएनएफ न्यु साउथ वेल्समा नयाँ नेतृत्व, अध्यक्षमा सुर्य मोहन शर्मा, भन्छन् ` समुदाय केन्द्रित भएर अगाडि बढ्ने छौ ।´


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटीको अध्यक्षमा सुर्य मोहन शर्मा (मोहन) निर्वाचित भएका छन्। अधिवेशनको बन्द सत्रले गौतमको अध्यक्षतामा सर्वसम्मतिले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्ष गोबिन्द तामांग, सचिव: उषा किरण बारिया,उप-सचिव अंजान सोनी र अवानी पौडेल,आर्थिक बिभाग प्रमुख बिनोद खड़का चयन भएका छन्। यसै गरि सदस्यमा पवन डल्लाकोटि, सृजन भट्टराई, बिशाल रेग्मी, सागर सिलवाल, साजन श्रेष्ठ, रमेश सिंह, संशांक बस्याल, दिनेश अधिकारी, कुशल रिमाल, योगेश पराजुली, दिव्य प्रधान, विवेक शाक्य, सुजन श्रेष्ठ, सुशन जोशी, उमेश बिके रहेका छन् ।

त्यसै गरि सल्लाहकार समिति बाबुराम पोखरेलको  संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गरिएको छ । जसको सदस्यमा राजु गौचन, प्रेम शाह, भूपेन्द्र चुडाल, तारा लामा, शरद सापकोटा, लेनिन पौडेल, दीपक जोशी, लक्ष्मण भुसाल, अर्जुन पौड़ेल, सीताराम घिमिरे, अशोक उप्रेती रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले प्रवासी मञ्चको विश्व भरिका ४० भन्दा बढि देशमा संगठन विस्तार भएको अब ति संगठनबाट नेपालको संमृध्दि अभियानमा सहयोगका लागि सकारात्मक अभियान चलाउने बताए । उनले नेपालीहरुको उपस्थित भएका सबै देश क्षेत्रमा संगठन विस्तार गर्ने बताए ।

एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका उपाध्यक्ष विनोद श्रेष्ठ, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका सल्लाहकार सदस्य भैरव ढकाल, ओशियाना संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, जन सम्पर्क समिति अष्ट्रेलियाका संस्थापक नेता दिनेश जोशी, एनआरएनए   अष्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, पुर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका सदस्य राम घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, ओशियाना कमिटी संयोजक राजु उपाध्यायले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीले प्रवासमा नेपालीहरुको समस्यामा सहयोगी बन्नका लागि सबै तिर कमिटी निर्माण गरिएको बताउदै मञ्चले विदेशमा नेपालको राजनिति नगर्ने र नेपालीको हितमा काम गर्ने बताए । कार्यक्रममा नेकपा एमाले काभ्रेका पुर्व सचिव नारायण  पाण्डे, ओएनएफ अष्ट्रेलियाका सचिव प्रकाश पन्थी, एनडिएफ अध्यक्ष भिष्म भण्डारीले समेत अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।  उद्घाटन सत्रको सभापति निवर्तमान अध्यक्ष कृष्ण सापकोटा र संचालन शिव पौडेलले गरेका थिए ।

सिड्नीको सफायर फङ्सन सेन्टरमा आयोजित अधिवेशनको उद्घाटन सत्र पछाडी सम्पन्न बन्द सत्र संचालनका लागि ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशीको अध्यक्षतामा उपाध्यक्ष राम घिमिरे र सचिव प्रकाश पन्थी रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । त्यसै गरि ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य शिशिर नेपाल, ओएनएफ अष्ट्रेलियाका सल्लाहकार होम पाण्डे, ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य भुवन पाण्डे रहेको निर्वाचन समिति समेत गठन गरिएको थियो । बन्दसत्रमा मंचका अन्तराष्ट्रिय कमिटी उपाध्यक्ष रमेश पाण्डेले कमिटी पद्धति र नेतृत्व चयन प्रकृया  साथै ओशिनिया अध्यक्ष राजु उपाध्यायले आगामी नेतृत्वको चिन्तन र ब्यवहार कस्तो हुनु पर्छ र भन्ने बिषयमा सहभागीहरु बिच  प्रशिक्षण प्रदान गरेका थिए ।

दैनिकी संग कुरा गर्दै नव निर्वाचित अध्यक्ष मोहन शर्माले न्यु साउथ वेल्समा प्रवासी नेपाली मञ्चलाई अझै सशक्त रुपमा संगठन निर्माण गरेर नेपाली समुदायको हितमा क्रियाशिल हुने बताए । उनले नेपाली समुदाय केन्द्रित भएर अगाडी बढ्ने बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०६:३९