१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

अन्तिम कारोबारको दिन बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१८ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १९ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो कारोबारको दिन बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको भाउ १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भईहरको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १०:५५