१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्ट सञ्चालनको एक दशक, सेवामा सधैँ उत्कृष्ट


१७ फागुन, चितवन । पर्यटकीय नगरी सौराहमा सम्राट ग्रुपले सञ्चालन गरिरहेको ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्टले सञ्चालनको एक दशक पूरा गरेको छ । ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले ल्याण्डमार्क फरेस्ट पार्कले एक दशकको यात्रामा गुणस्तर र सेवाग्राहीको सेवामा कुनै सम्झौता नगरेको जानकारी दिए ।

रिसोर्टले आगामी दिनमा पनि आन्तरिक र बाह्य दुबै खालका पर्यटकको सेवामा कुनै कन्जुस्याइ नगर्ने बताए । प्रमुख कार्यकारी अधिकृत पाण्डेले आन्तरिक पर्यटनको गति बढाउनका लागि समय समयमा प्याकेज बनाएर सेवा दिँदै आएको बताए ।

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए । प्रबन्ध निर्देशक पाण्डेले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौता नहुने समेत बताए ।

ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्ट सञ्चालनको एक दशक पुकेको अवसरमा सम्राट ग्रुपमा केक काटेर उत्सव मनाउँदै ग्रुपका अध्यक्ष मुक्ति पाण्डे, प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डे लगायत । तस्बिरः सम्राट ग्रुप

ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्टले ७६ कोठासहित सेवा दिइरहेको छ । सिंग्गल र डब्बल डिलक्स रूम, सुपर डिलक्स सिंगल र डब्बल रूम, एजुकेटिभ डब्बल रूम, भिला सिंगल र डब्बल रूम, कटेज सिंगल र डब्बल रूम र जुनियर स्वीट रूम रहेको छ । आकर्षक रेष्टुरेन्ट, स्वीमिङ पुल, ८ जनादेखि ३५० जनासम्म अटाउने चार वटा कन्फ्रेन्स हल रहेका छन । यो रिसोर्टको मुख्य विशेषता भनेको यहाँ भित्र धेरै राम्रो बगैँचा रहेको छ ।

सम्राट ग्रुपले काठमाडाैँको दरबारमार्ग, पोखराको बाराहीचोक, चितवनको साैराहा र रूपन्देहीको भैरहवामा होटल एवं रिसोर्ट सञ्चालन गरिरहेको छ । सम्राटले भैरहवामा चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको एक महिनामात्र भएको छ । भैरहवा, चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । ल्याण्डमार्क सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ।

तस्बिरमा हेर्नुहोस्, ल्याण्डमार्क फरेस्ट पार्क रिसोर्ट (तस्बिरहरूः माधवप्रसाद तिवारी)

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ११:०१