१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१६ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ  १०० रुपैयाँले घटेर छापावाल सुन छापावाल सुन प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख १८ हजार ३०० रुपैयाँ  र तेजावी सुन १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार १२:०२