१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

कामना सेवा विकास बैंकको ३ लाख ९ हजार कित्ता सेयर बिक्री


१५ फागुन, काठमाडौँ । कामना सेवा विकास बैंकले आज (फागुन १५ गते) देखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हाे ।

बिक्रीमा राखिएकाे सेयरकाे मूल्य न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । साे सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीकाे सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेकाे छ ।

आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी फागुन २२ गतेसम्म लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १०:५७