१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकलाई


१३ फागुन, चितवन । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मिति २०८० फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागीता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आइएमई बैंकलाई ६–२ ले हराउदै उपाधी जितेको छ । विजेता टिम कामना सेवा विकास बैकलाई ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकले हाल देशभर १३५ वटा शाखा सञ्जाल र ७७ वटा एटिएम वुथ मार्फत् अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १३:०२