१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गोर्खाज फाइनान्सको सेयर बिक्रीमा, यस्तो छ प्रतिकित्ता मूल्य


१३ फागुन, काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ राखिएको छ । सो सेयरमा हाल संस्थाका विद्यमान सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनी आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन १३ गते) ले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र साे सेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीबाट  कुनै पनिखरिद आवेदन नपरेको खण्डमा सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:५६