१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य


१३ फागुन, काठमाडौँ। साताको पहिलो कारोबार दिन आइताबार सुनको भाउ बढेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ थियो ।त्यसैगरी, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार ११:१४