१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

समृद्धि फाइनान्सको पुतलीसडक, नारायणगढ र बुटवल शाखाद्धारा रक्तदान कार्यक्रम सम्पन्न


१३ फागुन, काठमाडाैँ । समृद्धि फाइनान्सले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले फागुन ११ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे ।

रक्तदान जिवन दान भन्ने नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बुटवलको रक्त सञ्चार सेवा केन्द्र, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडी ट्याक्सी स्ट्याण्डमा सम्पन्न गरिएको हाे । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा १३१ युनिट रक्त संकलन भएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत हरेक महिनाको लागि फरक फरक कार्यक्रमहरु तय गरेकोमा यस महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै  फाइनान्सले आउने महिनाहरुको लागि विभिन्न मितिहरुमा अन्य कार्यक्रमहरु आयोजना गर्ने तालिका रहेको जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १०:५३