१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

काठमाडौँ नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै नुवाकोटको चिम्टेश्वर


-प्रकाश सिलवाल

९ फागुन, चिम्टेश्वर । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको धार्मिक, ऐतिहासिक, पर्यटकीय र  पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न नरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गरी समिति गठन गरेको छ ।

सो क्षेत्रमा बागमती प्रदेश सरकारले रु पाँच करोडको लगानीमा ‘भ्यू टावर’ निर्माण गरेपछि पर्यटक वृद्धि भएको छभने चिम्टेश्वर मन्दिरको सरसफाइ र व्यवस्थापनमा नुवाकोटको बेलकोटगढी नगरपालिकाले काम गरिरहेको छ । पालिकाको रु २५ लाखको लागतमा मन्दिर जान सिँढी निर्माण भएको छ । यस्तै सिमसार पोखरी र पानी ट्याङ्की निर्माणमा रु डेढ करोड खर्च भएको छ ।

पछिल्ला दिनमा यस क्षेत्रमा विभिन्न राजनीति र सामाजिक संस्थाहरुले वनभोजलगायत सामाजिक गतिविधि बढाएका छन् । हालै ललितकलाका विद्यार्थीहरु पुगेर चित्रकला महोत्सव सञ्चालन भएको छ । चिम्टेश्वरमा काठमाडौँको बालाजुबाट पासाङ ल्हामु मार्गको रानीपौवा हुँदै  र नुवकोटको त्रिशूलीबाट तादी हुँदै तथा अन्य विभिन्न मार्गबाट जान सकिन्छ ।

काठमाडौँको स्वयम्भू-भीमढुङ्गा-चाउथे हुँदै ३३ किमी, बालाजु-रानीपौवा-जुरेथुमबाट ४६ किमी, बालाजु–तीनपिप्ले हुँदै ३७ किमी, नागढुङा-पिप्लामोड हुँदै २८ किमी, कलङ्की-धार्के-बाह्रबिसे झ्याङ्ली हुँदै जान सकिन्छ ।

चिम्टेश्वर महादेवस्थान नुवाकोटको साबिक बेलकोट, कुमारी, जिलिङ तथा दुईपीपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय महत्ववको क्षेत्र भएको स्थानीयबासी नारायण खनाल बताउनहुन्छ ।

विविध जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतलीहरू पाइने उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडौँ उपत्यकाको तीनवटै सहर, काभ्रेपलञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खालगायत जिल्लाका भूभागसमेत हेर्न सकिन्छ ।

बेलकोटगढी नरगरपालिकाको नवाैँ नगरसभाबाट पारित चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र विकास गर्ने उल्लेख छ । पालिकाले चिम्टेश्वर, निरञ्जना, जलेश्वर, दुईपीपल, डबली, झिल्टुङकोट, मझुवादेवी थान, महाँमाया, कुमारीमाई वासुकीमाई, बाराहीमाई, कुमारी शहीदपार्क, डिकाचौर, झिल्केश्वर, जलेश्वर, काशीटार तथा बौद्ध धर्मावलम्बीको धार्मिक सम्पादाहरु दिप्छेन छोइलिङ गुम्बा, पारमेन्दो गुम्बालगायत ऐतिहासिक तथा प्राकृतिक सम्पादाहरु गुफा, ताल र खोलाहरुको संरक्षण गर्न समितिहरु गठन गरिने विषय समेटिएको  नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङले बताउनुभयो । उहाँले काठमाडाैँ नजिकको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा चिम्टेश्वरको विकास गर्नेगरी काम भैरहेको बताउनुभयो ।

दैनिकीसँग कुरा गर्दै पूर्वमन्त्री पाण्डेले चिम्टेश्वर क्षेत्रको विकास र प्रवर्द्धन गर्न फागुन ७ को अवसर पारेर नेकपा एमाले बेलकोटगढी नगर कमिटीले झण्डै तीन हजार नागरिकको उपस्थितिमा बृहत वनभोज कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बेलकोटगढीका सम्पूर्ण नागरिक र दलहरूको साथले चिम्टेश्वरलाइ राजधानी नजिकको उत्कृष्ट गन्तव्य सकिने र त्यसका लागि नेकपा एमालेले अगुवाइ गरिरहेको बताउनुभो ।

२०७० सालमा तीन सयभन्दा बढी प्रवुद्ध व्यक्तिहरूसहितको बृहत पदयात्राको नेतृत्व गरेका नेपा पर्यटन बोर्डका पूर्व उपाध्यक्ष समेत रहेका टानका पूर्व अध्यक्ष चन्द्र रिजाल सरकारको तर्फबाट धेरै गर्न बाँकी भए पनि नागरिकस्तरबाट चिम्टेश्वरको प्रवर्द्धन र सम्वर्द्धनमा देखिएको उत्साहले खुशी थपेको जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट नजिक यत्तिको उत्कृष्ट पर्यटकीय गन्तव्य अर्को नरहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन उपाध्यक्ष घनेन्द्र श्रेष्ठले काठमाडौँ नजिकै २५ सय मिटरको उचाइमा ३६० डिग्रीको भ्यूसहित सूर्योदय र सूर्यास्त एकै ठाउाबाट देखिने यस्तो उत्कृष्ट गन्तव्यको विकासका लागि तीनै तहका सरकारको भूमिका प्रभावकारी नदेखिएको बताउनुभयो । उहाँले १० वर्षअघिको र अहिलेको अवस्थामा धेरै परिवर्तन नदेखिएको बताउनुभयो । उहाँले पानीको स्रोतदेखि सरसाफइको विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

एमाले बेलकोटगढी नगरकमिटीकी अध्यक्ष रूपा सापकोटाले चिम्टेश्वरको प्रवर्द्धनमा सबै क्षेत्रका साथीहरूबाट प्राप्त भएको सहयोग र सल्लहले थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा यसको प्रवर्द्धनका लागि भूमिका खेल्ने बताउनुभयो ।

बेलकोटगढी १ का समाजिक व्यक्तित्व नारायण खनालले चिम्टेश्वरको बारेमा चर्चापरिचर्चा हुन थालेपछि आन्तरिक पर्यटकहरू बढेको बताउनुभयो । उहाँले विगतमा मन्दिर निर्माणदेखि चिम्टेश्वरको प्रवर्द्धनका लागि स्थानीयको तर्फबाट अगुवाइ गर्न पाउँदा खुशी लागेको बताउनुभयो । खनालले विगत डेढ दशकदेखि चिम्टेश्वरको प्रवर्द्धनका लागि काम गर्दै आउनुभएको छ । बेलकोटगढी वडा नम्बर १ का वडाअध्यक्ष सन्तबहादुर तामाङले पनि चिम्टेश्वरको विकास र प्रवर्द्धनका लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट उठेर सबै लाग्नुपर्ने बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न समुदायस्तरमा घरबास (होमस्टे) सञ्चालन गरिने पहिचान दिने कृषि उत्पादनमा वैदेशिक रोजगबारबाट फर्किएकालाई समावेश गरी परियोजनासँगै साझेदारी लगानी तथा वित्तीय लगानीको व्यवस्था गरिने नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेको भनाइ छ । यस क्षेत्रलाई विकास गर्न गुरुयोजना बनाएर केन्द्र र प्रदेश सरकारबाट बजेट ल्याउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले यस क्षेत्रलाई मध्यपहाडीको विकासशील सम्भावनायुक्त क्षेत्रका रुपमा राखी तीनवटै तहका सरकारबाट एकीकृत विकासका काम गराउन पहल भइरहेको बताउनुभयो । उहाँले नेकपा (एमाले) ले हालै सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्पयात्राका क्रममा मध्यपहाडी (पुष्पलाल) राजमार्गभित्र सो क्षेत्र पनि पर्ने भएकाले यहाँका समस्या, सम्भवना, चुनौती र अवसरबारे सरकारलाई अवधारणापत्र दिइएको बताउनुभयो ।

नगरबाट गठित चिम्टेश्वर क्षेत्र विकास समितिका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले मुलुकको राजधानी काठमाडौँबाट नजिक रहेर पनि विकासमा फड्को मार्न नसकेकाले यस क्षेत्रको विकासका लागि पहल गरिएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले मन्दिर र गढी एवं गुम्बा क्षेत्रमा सरसफाइका साथै बिजुली, इन्टरनेटजस्ता सुविधा निर्माणका काम थालिएको र आउँदो शिवरात्रिका अवसरमा टेन्टहरुको व्यवस्थापनसहित भव्यतापूर्वक मनाउन स्थानीयबासीलाई परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले यस क्षेत्रको विकासका लागि गुरुयोजना माग गरेकाले त्यसको तयारीमा रहेको जनाउँदै  वन कार्यालयका नाममा रहेका उक्त क्षेत्रको जग्गालाई मन्दिरका नाममा ल्याउने योजना रहेको सुनाउनुभयो ।

नुवाकोट दरबार, देवीघाट र चिम्टेश्वरको संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सङ्घीय सरकारबाट ‘नेपाल एकीकरण आरम्भ क्षेत्र विकास समिति’ गठनको प्रयास पनि भइरहेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालले समिति गठनको सन्दर्भमा निर्णय नै गरेर गठन आदेश समेत तयार भैसकेको छ ।

ऐतिहासिक नुवाकोट दरबार, राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायणको समाधिस्थल देवीघाट र पर्यटकीयस्थल चिम्टेश्वरलाई धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धन गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विकास समिति ऐन, २०१३ को दफा ३ बमोजिम उक्त विकास समिति गठनको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रहेको बेलकोटगढीका स्थानीय बासिन्दा समेत रहेका मन्त्रालयका तत्कालीन प्रेस संयोजक माधवप्रसाद तिवारीले बताउनुभयो ।

तिवारीका अनुसार केन्द्र सरकारबाट गठन हुने समितिले विदुर नगरपालिका-२ स्थित नुवाकोट दरबार क्षेत्र, भैरवी मन्दिर परिसर, शाहको समाधिस्थल विदुर-५ देवीघाट, बेलकोटगढी नगरपालिका-१, २, ३, ४, ९ र ११ मा पर्ने चिम्टेश्वर क्षेत्र तथा नुवाकोटका नौमध्ये छ कोट-प्यासकोट, कालीकोट, सिमलकोट, भैरुमकोट, मालकोट र बेलकोट क्षेत्रको संरक्षण तथा संवर्द्धन  गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जिम्मेवारी पाउनेछ ।

उक्त क्षेत्रको पूर्वमा नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिका, पश्चिममा तारकेश्वर र म्यागङ गाउँपालिका, उत्तरमा रसुवाको उत्तरगया गाउँपालिका, दक्षिणमा नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिका पर्दछन् । रासस

यस्तै दैनिकीसँग कुरा गर्दै पूर्वमन्त्री पाण्डेले चिम्टेश्वर क्षेत्रको विकास र प्रवर्द्धन गर्न फागुन ७ को अवसर पारेर नेकपा एमाले बेलकोटगढी नगर कमिटीले झण्डै तीन हजार नागरिकको उपस्थितिमा बृहत वनभोज कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बेलकोटगढीका सम्पूर्ण नागरिक र दलहरूको साथले चिम्टेश्वरलाइ राजधानी नजिकको उत्कृष्ट गन्तव्य सकिने र त्यसका लागि नेकपा एमालेले अगुवाइ गरिरहेको बताउनुभो ।

२०७० सालमा तीन सयभन्दा बढी प्रवुद्ध व्यक्तिहरूसहितको बृहत पदयात्राको नेतृत्व गरेका नेपा पर्यटन बोर्डका पूर्व उपाध्यक्ष समेत रहेका टानका पूर्व अध्यक्ष चन्द्र रिजाल सरकारको तर्फबाट धेरै गर्न बाँकी भए पनि नागरिकस्तरबाट चिम्टेश्वरको प्रवर्द्धन र सम्वर्द्धनमा देखिएको उत्साहले खुशी थपेको जानकारी दिनुभयो । उहाँले काठमाडौँबाट नजिक यत्तिको उत्कृष्ट पर्यटकीय गन्तव्य अर्को नरहेको बताउनुभयो ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन उपाध्यक्ष घनेन्द्र श्रेष्ठले काठमाडौँ नजिकै २५ सय मिटरको उचाइमा ३६० डिग्रीको भ्यूसहित सूर्योदय र सूर्यास्त एकै ठाउाबाट देखिने यस्तो उत्कृष्ट गन्तव्यको विकासका लागि तीनै तहका सरकारको भूमिका प्रभावकारी नदेखिएको बताउनुभयो । उहाँले १० वर्षअघिको र अहिलेको अवस्थामा धेरै परिवर्तन नदेखिएको बताउनुभयो । उहाँले पानीको स्रोतदेखि सरसाफइको विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

एमाले बेलकोटगढी नगरकमिटीकी अध्यक्ष रूपा सापकोटाले चिम्टेश्वरको प्रवर्द्धनमा सबै क्षेत्रका साथीहरूबाट प्राप्त भएको सहयोग र सल्लहले थप हौसला प्रदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा यसको प्रवर्द्धनका लागि भूमिका खेल्ने बताउनुभयो ।

बेलकोटगढी १ का समाजिक व्यक्तित्व नारायण खनालले चिम्टेश्वरको बारेमा चर्चापरिचर्चा हुन थालेपछि आन्तरिक पर्यटकहरू बढेको बताउनुभयो । उहाँले विगतमा मन्दिर निर्माणदेखि चिम्टेश्वरको प्रवर्द्धनका लागि स्थानीयको तर्फबाट अगुवाइ गर्न पाउँदा खुशी लागेको बताउनुभयो । खनालले विगत डेढ दशकदेखि चिम्टेश्वरको प्रवर्द्धनका लागि काम गर्दै आउनुभएको छ । बेलकोटगढी वडा नम्बर १ का वडाअध्यक्ष सन्तबहादुर तामाङले पनि चिम्टेश्वरको विकास र प्रवर्द्धनका लागि राजनीतिक आग्रह र पूर्वाग्रहबाट उठेर सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १४:५२