१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति भएको मलाई जानकारी छैनः प्रधानमन्त्री प्रचण्ड


८ फागुन, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपति नियुक्त भएको कुराआफूलाई जानकारी नभएको बताएका छन । उपकुलपति नियुक्ति गर्ने प्रधानमन्त्रीले नै त्रिविमा उपकुलपति नियुक्ति नभएको बताएपछि सामाजिक सञ्जलमा सोमबार रातिदेखि फैलिएको नियुक्तिको सूचना गलत भएको ठहर भएको छ ।

उपकुलपतिका लागि सिफारिस भएका तीन मध्येका चित्रबहादुर बुढाथोकी नियुक्त भएको भन्दै धेरैले बधाई दिइरहेको समयमा प्रधानमन्त्रीले भने आफैँलाई थाहा नभएको बताएका हुन । केही न्यूज पोर्टलले समेत बुढाथोकी उपकुलपति नियुक्त भएकोमा भन्दै समाचार सेयर गराइरहेका छन तर प्रधानमन्त्री प्रचण्डले भने मंगलबार बिहान गोरखा पत्रकार समाजका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ११:१०