१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस, वर्तमान उपकुलपति र डीन प्रतिस्पर्धाबाट बाहिरिए


६ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले आइतबार उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको हो । समिति स्रोतका अनुसार एक नम्बरमा चित्रबहादुर बुढाथोकी, दुइ नम्बरमा टंकनाथ धमला र तीन नम्बरमा केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस भएको छ ।

यसअघि उपकुलपतिका लागि भएको विज्ञापनमा ४३ जना सर्टलिस्टमा परेका थिए । त्यो मध्ये समितिले १४ जनाको छोटो सूची बनाएर प्रस्तुती गर्न लगाएको थियो । वर्तमान उपकुलपछि शिवलाल भुसाल र मानवीकी संकायको डीन कुशुम शाक्य लगायत प्रतिस्पर्धाबाट बाहिरिएका छन । अब कुलपछि प्रधानमन्त्री प्रचण्डले तीन मध्ये एक जना मध्येबातट एक जनालाइ उपकुलपतिमा नियुक्त गर्नेछन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार २१:४३