ओएनएफ भिक्टोरियाको नयाँ नेतृत्व, अध्यक्षमा गणेश गौतम
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) भिक्टोरिया राज्य कमिटीको अध्यक्षमा गणेश गौतम निर्वाचित भएका छन्। अधिवेशनको बन्द सत्रले गौतमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्ष क्षितिज चन्द्र राई, सचिव प्रताप लामा, उपसचिव राजकुमार कट्टेल, उपसचिव सुस्मिता थापा, आर्थिक बिभाग प्रमुख प्रतिमा भण्डारी चयन भएका छन्। यसै गरि सदस्यमा लेखु अधिकारी, अनुप भण्डारी, सङ्गम देबकोटा, सौगात डिसी, सनराइज ज्ञावाली, सन्जिब थापा मगर, किशोर पाठक, सन्जय दाहाल र बिचित्र सुवेदी रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले हालै मलेशियामा सम्पन्न मञ्चको अन्तर्राष्ट्रिय कमिटीको बैठकको निर्णयहरु सुनाउदै मञ्चले प्रवासी श्रमिकहरुको हितका लागी राहत कोष खडा गरेको बताए । उनले भिक्टोरियाको नवगठित कमिटीले समेत यहा रहेका नेपाली समुदायको हितमा थप क्रियाशिल हुन शुभकामना सहित आग्रह गरे ।
उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीले प्रवासमा नेपालीहरुको समस्यामा सहयोगी बन्नका लागि सबै तिर कमिटी निर्माण गरिएको बताउदै मञ्चले विदेशमा नेपालको राजनिति नगर्ने र नेपालीको हितमा काम गर्ने बताए ।
मञ्चका अन्तर्राष्ट्रिय कमिटी सदस्य बिजय फुयाल, एनआरएनए आईसिसि पुर्व उपाध्यक्ष दुर्गा आचार्य, ओएनएफका नेता मोहन शर्मा, मञ्च अष्ट्रेलियाका सल्लाहकार महेन्द्र कार्की, एनआरएनए भिक्टोरिया उपाध्यक्ष माधव धनुक, सामाजिक अभियन्ता निराजन गौली, जनसम्पर्क समिति भिक्टोरिया अध्यक्ष बिनित पौडेल, समाज भिक्टोरिया अध्यक्ष विपुल ज्ञवाली, एनपिपिएफका गौतम लामिछाने, लेवर पार्टीका नेता महेश भण्डारी, सुदुर पश्चिम समाजका अध्यक्ष नरेश रावल लगायतका वक्ताहरुले अधिवेशन सफलताको शुभकामना गरेका थिए ।
स्वस्ति वाचन सहित उद्घाटन गरिएको अधिवेशन निवर्तमान अध्यक्ष द्रोण पन्त (समिर)को अध्यक्षता र दिक्पाल देव पंगेनीको संचालन गरेको कार्यक्रममा प्रकाश सेडाईले स्वागत मन्तव्य राखेका थिए ।
स्थानिय ६ ऐश कोर्ट, ग्लेनरोयमा सम्पन्न अधिवेशनको बन्द सत्रले ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ०६:१७