१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गोर्खाज फाइनान्सले लाभांश नदिने, बोलायो साधारण सभा


३ फागुन, काठमाडाैँ। गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

साथै, उक्त बैठकले चैत २ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित हुनेछ ।

साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गर्दैछ । यसकाे अर्थ, फागुन १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार ११:३७