१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

ओएनएफ भिक्टोरियाको अधिवेशन हुदै


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) भिक्टोरिया राज्य कमिटीको सातौ अधिवेशन आगामी फेब्रुअरि १७ शनिवार मेलवर्नमा हुने भएको छ ।

मञ्चका भिक्टोरिया राज्य कमिटीका अध्यक्ष द्रोण पन्त `समिर´  अधिवेशनले  विगतको कामको समिक्षा गर्दै भावी योजना निर्माण गर्ने बताए । पन्तले अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्ने बताए । उनले अधिवेशन पछि मञ्च भिक्टोरियाको नेपाली समुदायका लागि थप हितकारि योजना सहित अगाडी बढ्ने बताए । अधिवेशनका लागि पन्तको  संयोजकत्वमा गठित आयोजक समितिले तयारी अन्तिम चरणमा पुर्याएको समेत जनाईएको छ ।

अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य समितिका सल्लाहकार रमेश पाण्डेले गर्ने भएका छन् । कार्यक्रमका लागि ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशव जोशी लगायतका नेताहरु समेत मेलवर्न आउदै गरेको अध्यक्ष पन्तले बताएका छन् ।

स्थानिय मेलवर्नको ६ ऐश कोर्ट, ग्लेनरोयमा बिहान ११ बजेबाट शुरु हुने उद्घाटन सत्रका लागि भिक्टोरियाका विभिन्न संघ संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको पन्तले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ११:२९