१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

सानिगाड हाइड्रोको ८५ लाख ५० हजार कित्ता सेयर नागरिक लगानी कोषले किन्ने


२९ माघ, काठमाडौँ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन ।

सानिगाडको प्रतिशेयर रु एक सयका दरले  ८५ लाख ५० हजार कित्ता शेयरवापत रु ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।

कोषले आज जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार २१:४०