१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

भव्यरुपमा मनाईयो सोनाम ल्होसार


अष्ट्रेलिया । तामाङ सोसाइटी अफ साउथ अष्ट्रेलियाको आयोजनामा खरायो वर्षलाई बिदाइ गरी ड्रयागन वर्षलाई स्वागत गर्दै परम्परा अनुसार मनाईने सोनाम ल्होछार पर्व उपल्यक्षमा एडिलेडमा एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

औपचारिक कार्यक्रमको प्रारम्भमा परम्परा अनुसार लामाद्धारा मन्त्रो उच्चरण सहित भगवान बुद्धको प्रतिमामा पुजा गरेर शुरु गरिएको कार्यक्रममा नेतृ लि ले दिप प्रज्वलन गरेकी थिईन ।

कार्यक्रमलाई सम्वोधन गर्दै साउथ अष्ट्रेलिया संसदमा विपक्षी दलकी नेतृ जिङ लीले संस्कृति परम्पराहरुलाई जोगाउदै नयाँ पुस्ताकालाई हस्तान्तरण गर्नु यो पुस्ताको महत्वपुर्ण दायित्व भएको बताईन ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले ल्होछारको शुभकामना दिदै यस्ता कार्यक्रमहरु गर्दै भावि पुस्तालाई हाम्रा गौरवमय परम्परा र संस्कृतिलाई हस्तान्तरण गर्नु पर्ने बताए ।

कार्यक्रममा तामाङ सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । भने नेपालमा समेत धेरै दुर्लभ नै मानिएको ऐतिहासिक र सास्कृतिक महत्व राख्ने भाक्पा नृत्य प्रदर्शन गरिएको थियो । नृत्यलाई गुरु रिम्पोचेको नृत्यका रुपमा लिने गरिन्छ ।

चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने तमाङ तथा हेल्मो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेको छ ।

मञ्जुश्री पात्रोअनुसार गत शनिवारबाट खरायो वर्ष पूरा गरी ड्र्यागन वर्ष प्रवेश गरेको छ । यो २८६० औ सोनाम ल्होछार हो ।

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । नेपालमा बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ |

`ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ ।

सोनाम ल्होसार सोसाइटीले २०१३ देखी एडिलेडमा मनाउदै आएको छ ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार १२:३९