१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

इतिहासमाथि होइन भविष्यको गलत मार्गप्रति प्रश्न गराैँ


-सरोजकुमार तामाङ

नेपालको सन्दर्भमा वामपन्थी र दक्षिणपन्थीको सिमा रेखा छुट्याउने सिद्धान्त ‘मार्क्सवाद-लेनिनवाद’ बनेको छ । वामपन्थीहरु मार्क्सवाद-लेनिनवादको मार्गदर्शन स्वीकार्दछ भने दक्षिणपन्थीहरु त्यसको विरोध गर्दै सामन्तवाद र साम्राज्यवादको पक्षपोषण गर्दछ । वामपन्थीहरु त्यस विरुद्ध सम्पूर्ण सर्वहारा र श्नमजीवीवर्गहरुलाई गोलवद्ध गर्दै मुक्तिको निर्णायक लडाईमा अब्बल सावित गर्न नेपाली समाजमा शताब्दीऔंदेखी बिषादी जरा गाड्दै आएका ती सामन्तवाद र साम्राज्यवादका आधार र अवशेषहरुलाई निर्मूल गर्न समाजवादको पूर्वसन्ध्यामा जनताको जनवादी क्रान्तिको उद्घोष गर्दछ ।

अहिलेसम्मको कम्युनिष्ट इतिहासलाई साक्षी मान्दा यो भन्न हिचकिचाउनु हुँदैन कि वामपन्थी र दक्षिणपन्थीको त्यो सिमा रेखालाई नेपाली सर्वहारा वर्गीय आन्दोलनको नेतृत्व तथा श्नमिकवर्गको न्यायाधिवक्ता रुपमा नेकपा(एमाले)ले आफूलाई खरोसँग उतारेको छ । विश्व कम्युनिष्ट आन्दोलनहरु र आफ्नै मुलुकको कम्युनिष्ट इतिहासका अनुभवहरु बटुल्दै जडसुत्रवाद र विसर्जवादको संघारमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई काँध थाप्ने काम स्वयम् नेकपा(एमाले)को मञ्चबाट जननेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’को प्रतिपादन गर्नु भयो ।

वास्तवमा ती दक्षिणपन्थीहरुले पक्षपोषण गर्ने सामन्तवाद र साम्राज्यवादको शोषण र उत्पीडनको विरुद्ध प्रतिपादन गरेको मौलिक नेपाली जनवादी क्रान्तिको मार्गको श्नेय जननेता मदन भण्डारी र उहाँले नेतृत्व गर्नु भएको श्नमजीवी पार्टी नेकपा(एमाले)लाई जान्छ । त्यसकारण सामन्तवाद-साम्राज्यवाद विरोधी जनताको बहुदलीय जनवादी कार्यक्रम साझा कार्यक्रम हो । यो नेपाली समाजमा प्रधान अन्तरविरोध राख्ने सामन्तवाद र राष्ट्रिय स्वाधीनको निम्ति साम्राज्यवादको विरुद्ध लड्ने वामपन्थी शक्तिहरु, आम जनता, सर्वहारा, प्रगतिशील बुद्धिजीवी र पेशाकर्मी र श्नमजीवीवर्गहरुको संयुक्त मोर्चाको साझा कार्यक्रम पनि हो ।

जसरी मार्क्सवादी द्धन्द्धवादको अनुशरण गरेपनि नगरेपनि वस्तु तथा घटनाहरुको विकासको नियम स्वयम् भित्र रहेको दुई विपरीत तत्वहरुको संघर्षले हुन्छ, त्यसरी नै समाजवादको लक्ष्य निर्धारण गर्ने जो कोही प्रगतिशील शक्तिहरुको निम्ति नेपालको विशिष्ट परिस्थितिमा ‘जनताको बहुदलीय जनवाद’ नै साझा जनवादी कार्यक्रम हो । यसलाई नकार्दै जानु भनेको नेपालको मौलिक क्रान्तिको धरातललाई बिर्सेर माओले नेतृत्व गर्नु भएको चिनियाँ कम्युनिष्ट पार्टीको नीति र विधिलाई कपी एण्ड पेष्ट गर्दा प्रचन्ड नेतृत्वको माओवादी जस्तो दुर्दशा बन्नु हो ।

हामीले यहाँ यति धेरै भूमिका बाध्नुको तात्पर्य के हो भने क्रान्ति बाहिरबाट थोपारिएर हुँदैन् । यो त भूगोल विशेषको वर्गीय अन्तरद्धन्द्धको परिस्थितिले सृजना गर्ने हो । विद्यमान वर्गीय अन्तरद्धन्द्धलाई बुझेर लिइने क्रान्तिको स्वरुपहरुले नै भविष्यको समाज विकास कुन दिशा जाने हो भन्ने निर्क्योल निस्कन्छ । यो बेला हामीले नेपाली समाजको वर्गीय अन्तरविरोधहरुलाई लोकतन्त्रको नाउमा जनवादी क्रान्तिको खाका कोर्न बिर्सेर प्राप्त राजनीतिक उलपब्धिहरु नै अन्तिम गन्तव्य हो र वर्गीय अन्तरविरोधहरु समाप्त भयो भन्दै जनताको जनवादी कार्यक्रमलाई पूर्णताको संज्ञा दिदैँ जाने हो भने त्यसले समाजवाद होइन, पुँजीवादको शिविर तर्फ आकर्षित गर्नेछ ।

होइन, समाजवादको गन्तव्यलाई लक्ष्य निर्धारण गर्ने हो भने जनताको बहुदलीय जनवादको साझा कार्यक्रमको कसीमा घोटिनुको विकल्प रहदैँन् किनकि राज्यको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृति क्षेत्रहरुमा रहेका सामन्तवाद र साम्राज्यवादको आधार र अवशेषहरुको अन्त्य सर्वहारा-श्नमजीवीवर्गको नेतृत्वमा नगरी राष्ट्रिय पुँजी र समाजको भौतिक विकास गर्दैमा वैज्ञानिक समाजवादको सृजनात्मक प्रयोग गर्न यहाँ सकिदैँन् । त्यसका निम्ति नेता र नेतृत्वले जनताको बहुदलीय जनवादप्रति देखाएको अविचलित जनवादी क्रान्तिकारी यात्रामा दक्षिणपन्थी अवसरवादको झण्डा समातेका केही रित्तो बौद्धिक खोपडीहरुको झुन्डले बिना तुकको राजनीतिक भविष्यवाणी गर्दा मनौं यस्तो हुँदैछ कि नेपाली मौलिक जनवादी क्रान्तिको पान्डुलिपी उही हो ।

हाम्रो लेखाईको सूई भर्खरै सम्पन्न नेकपा(एमाले) दोलखा जिल्लाको अधिवेशनतर्फ सोझ्याउने हो र व्यक्तिगत रुपममा विगत लामो समयदेखि अविरल रुपमा दोलखाली कम्यनिष्ट आन्दोलनको संस्थापनकालदेखी अहिलेसम्म अविचलित र संयमित भएर होइन, स्वस्फूर्त संयमित हुँदै यानि कि जनवादी केन्द्रीयताको आध्यमा उभिएर जनताको जनवादी क्रान्तिको केन्द्रिय र न्यूनतम कार्यभारलाई विचैमा विश्राम लिने साथीसंगीसँग नअल्मलिएर बोझिलो तरीकाले उठाउँदै संगठन निर्माणको महान कार्यमा निडरका साथ लाग्ने आदरणीय व्यक्तित्व आनन्दप्रसाद पोखरेलको भावी राजनीतिक भविष्य उपर कसैले हिलो छ्याप्ने काम गर्छ भने त्यो जनताको बहुदलीय जनवादको मार्गनिर्देशमा समाजवाद उन्मुख हुने हाम्रो साझा कार्यक्रमको एक निर्जीव प्राणी हो । त्यसैले, दोलखाली कम्युनिष्ट आन्दोलनको रचयिता मध्येका एक हस्ती आनन्दप्रसाद पोखरेल जो आफैमा वौद्धिक वामपन्थ युवापिढीको निम्ति खुल्ला कम्युनिष्ट विश्वविद्यालय हो ।

सामन्तवाद-साम्राज्यवाद विरुद्ध गरिने जनवादी क्रान्तिको कार्यक्रम ‘जनताको बहुदली जनवाद’लाई दोलखा जिल्लाको कुनाकुनासम्म पुर्याउन महत्वपूर्ण योगदान गर्ने होइन, योगदान स्वस्फूर्त दिने आदरणीय व्यक्तिको उपेक्षा एक अधिवेशनको नतिजासँग तुलना गर्ने हो भने यसले कम्युनिष्टको उर्वर भूमी दोलखामा दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको भ्रुण सृजित गर्दैँछ । आज जुन कम्युनिष्ट मञ्चमा उभिएर सफल इतिहासको निर्माता मध्येका एक आनन्दप्रसाद पोखरेललाई ध्वाँसे शैलीमा आरोप प्रत्यारोप गर्ने जमर्को मात्र गरेको देखिन्छ, त्यो कम्युनिष्ट शक्तिको तागत होइन् ।

यसरी वौद्धिक प्रतिरक्षाको स्थितिबाट गुज्रने नाम मात्रको कम्युनिष्ट तर न्वारन भने दक्षिणपन्थी अवसरवादबाट प्रेरित प्रेतआत्माहरुले दोलखाली कम्युनिष्ट आन्दोलनलाई सार्थक निष्कर्षमा पुर्याउन दीर्घकालीन काँध थाप्न आनन्दप्रसाद पोखरेल जसरी गर्न सक्दैन् । स्मरणरहोस् हाम्रा इतिहासका सर्जक, हाम्रा मार्गदर्शक सिद्धान्त र विचारहरु हुन् ।

कम्युनिष्टको मूल उद्देश्य भनेको एक चुनावदेखी अर्को चुनावसम्मको फन्को होइन्; प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै आफ्ना सर्वहारा र श्नमजीवीवर्गहरुको आधार ईलाकाहरु जोगाउँदै नयाँको निर्माणमा जुट्नु हो । त्यो शक्ति अहिलेको अधिवेशनबाट नेतृत्वमा आउनु भएका दोलखाली नेतृत्वले गर्नेछ भन्नेमा पूर्ण विश्वासका साथ नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई एकमुष्ट रुपमा हार्दिक बधाई तथा सफल कार्यकालको अग्रीम शुभकामना !! फुटेर होइन, जुटेर अघि बढौं । विरोधमा होइन, संगठन निर्माण समय खर्च गरौं । इतिहासमाथि प्रश्नचिन्ह होइन, भविष्यको गलत मार्गप्रति प्रश्नचिन्ह खडा गरौं । नयाँ नेतृत्वलाई उपेक्षा होइन, साहस र हौसला प्रदान गरौं ताकि मिसन ०८४ सफल होस् ।

(लेखक तामाङ नेकपा (एमाले) बागती प्रदेश सम्पकर्क कमिटीको स्कुल विभागका पूर्व उपप्रमुख हुन । तामाङलाई फेसबुकमा पनि भेट्न सकिन्छ )

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार १३:२६