१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सिड्नीमा प्रवासी नेपाली मञ्चको भेटघाट तथा बार्बिक्यु


अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संबिधान सभा सदस्य एबम नेकपा एमाले केन्द्रीय सल्लाहकार कुल प्रसाद नेपालले एनआरएन  नागरिकता को परिकल्पना संबिधानमैं उल्लेख भएको बताउदै  अहिले देखीएका समस्याहरु समयक्रम समाधान हुदै जाने बिश्वास व्यक्त गरे । कार्यक्रममा प्रवासी मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, एनआरएनए आइसिसिका उपाध्यक्ष डा.विनोद श्रेष्ठ, मञ्चका अष्टरेलिया अध्यक्ष केशब जोशी, नेकपा एमाले काभ्रेका पुर्व सचिव नारायण पाण्डे लगायतका वक्ताहरुले सम्वोधन गरेका थिए ।    

मञ्चको अष्ट्रेलिया कमिटीका सचिवालय सदस्य तथा युवा इन्चार्ज भुवन पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा एनआरएन आईसीसी सलाहकार  रमेश पाण्डे, आइसीसी सदस्य राम घिमिरे र  आइटी तथा इंजीनियरिंग टास्कफ़ोर्स प्रमुख होम पाण्डे तथा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय  कमिटी सदस्यमा मनोनीत माधब शाहलाई सम्मान गरिएको थियो। कार्यक्रमको संचालन मञ्चको अष्ट्रेलिया कमिटीका सचिव प्रकाश पन्थीले गरेका थिए ।

उक्त कार्यक्रममा प्रवासी नेपाली मंचका सदस्य, शुभचिन्तक, नेपालबाट आउनु भएका अभिभावक एवं परिवारको उपस्थिति रहेको थियो ।

ओलम्पिक पार्कमा भएको बार्बिक्युमा मध्यान्न १२ बजे बाट ५ बजे सम्म चलेको थियो भने  करीब २०० भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आईतवार १३:२७