१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो


१९ माघ, इस्लामावाद । चालु आर्थिक वर्ष ( सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म ) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९ प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १४:५५