१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

नेपाली भजन कीर्तन समुहको अधिवेशन, अध्यक्षमा खगेन्द्र सापकोटा


एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन एडिलेडमा सम्पन्न भएको छ ।

अधिवेशनले आगामी दुई बर्षका लागी खगेन्द्र सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष डा. दया पराजुली, सचिव शिव काफ्ले, सह सचिव संभव सुवेदी, कोषाध्यक्ष सुनिता सिम्खडा, पब्लिक रिलेशन अफिसर क्षितिज सापकोटा, सदस्यहरु सुरेन्द्र रेग्मी, आर के शर्मा, शिव रिमाल, यदु आचार्य, हरि रेग्मी, सिमा कडेल, इन्दु भट्टराई, कबिता पराजुली, जीवन प्रसाद भट्टराई, अनुप चन्द्र सुवेदी, भीम न्यौपाने रहेका छन् ।

भने संस्थाको संरक्षकमा संस्थापक अध्यक्ष गणेश पराजुली रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले नेपालको संस्कृति र परम्पराको साउथ अष्ट्रेलियामा पनि सम्वर्धन गर्दै आएको समुहलाई धन्यवाद व्यक्त गरेका थिए। एनआरएनए साउथ अष्ट्रेलियाका सह संयोजक विनोद बानियाँले एनआरएनए समुह संग हातेमालो गर्दै आएको बताउदै आगामी दिनमा समेत नेपाली संस्कार संस्कृतिको जगेर्ना गर्न संगै अगाडी  बढ्ने बताए । कावा अध्यक्ष शिव काफ्लेको अध्यक्षता र सचिव आर के शर्माको संचालनमा भएको उद्घाटन कार्यक्रममा खगेन्द्र सापकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

उद्घाटन सत्र पछि आयोजित बन्द सत्र संचालनका लागि राजु उपाध्याय, नविन कडेल, युवराज पहाडी रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्द सत्रमा निवर्तमान सचिव आर के शर्माद्धारा पेश गरिएको बिधान संशोधन प्रस्ताव, कोषाध्यक्ष कविता पराजुलीद्धारा पेश गरिएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । संशोधित विधान बमोजिम आगामी कार्यसमिति बैठकले सात सदस्यीय सल्लाहकार समिति गठन गर्ने भएको छ ।

बन्द सत्रले पुर्व कावा अध्यक्ष सुरेन्द्र रेग्मीका बुबा तथा सदस्य पुष्पा बन्जाडेको बुबा र ससुराको निधनमा शोक प्रस्ताव समेत पारित गरिएको थियो ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ०९:३६