१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

एडिलेडमा पहिलो लन टेनिस लिग सम्पन्न, को को भए विजयी ?


एडिलेड । नेप्लिज टेनिस क्लव अष्ट्रेलियाको आयोजनामा एडिलेडमा लन टेनिस च्याम्पियनसिप सम्पन्न भएको छ ।  

म्यारियन टेनिस क्लवको कोर्टमा सम्पन्न फाईनलमा समुह ए तर्फ राज बहादुर क्षेत्री(राजु केशी) र मोहन श्रेष्ठको जोडी बिजयी भएका थिए भने समुह बि तर्फ अशोक अधिकारी र सुवर्ण सापकोटाको जोडी विजयी भएको थियो ।

यसै गरि समुह ए तर्फ कुमार ढकाल र अमर बहादुर खड्काको जोडी तथा समुह बि तर्फ कृष्ण गुरुङ र रेशम गुरुङको जोडी उप विजेता भए ।

क्लवका सचिव बलराम भण्डारीले लिगमा समुह ए र बि गरि ३४ खेलाडी सहभागी हुने भएको बताए । जसमा समुह ए मा १८ र बि मा १६ खेलाडी सहभागी थिए । पुरुष डवलमा हुने प्रतियोगिताको क्लवमा विगतका वर्षहरुमा खेलेका खेलाडीहरु समुह ए मा र नव खेलाडीहरु समुह बि मा रहेका थिए । लिग चरणबाट ४/४ टिम सेमीफाइनलमा पुग्न सफल भएका थिए ।

स्थानिय पासाडिना टेनिस क्लवमा जुन १८बाट  शुरु भएको लिग खेलहरु प्रत्येक हप्ता हुदै आएको थियो । फाईनल खेल पछाडि आयोजित एक कार्यक्रम विच बिजयी खेलाडीहरुलाई क्लवका अध्यक्ष दिपेन्द्र गुरुङले कप मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १०:३१