१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

पेमेन्ट गेटवे र सेक्युरिटी प्रिन्टिङ प्रकरणः सुनिल पाैडेल र विकल पौडेल पक्राउ


१० माघ, काठमाडाैं । नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

भ्रष्टाचार मुद्दामा मुछिएका उनिहरूलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो ।

अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवेमा २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । यस्तै विकल पौडेल लगायतविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड बिगो मागदाबी गरिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १६:४०