१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

हत्या अभियोगमा पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अदालतको अनुमति


७ माघ, काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्न अदालतबाट शुक्रबार अनुमति पाएको प्रहरीले जनाएकाे छ ।

कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

२०६५ फागुन २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित जन माविमा अध्ययनरत राजबहादुरको खुकुरी प्रहार गरी हत्या गरिएको थियाे ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १८:३१