१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित पक्राउ परे दर्जी


७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एकजना पक्राउ परेका छन् । दोहा हुँदै काठमाडौं आएका झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १३:४४