१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चार वर्षपछि काठमाडौँ-ल्हासा सीधा उडान सुरू


१२ पुस, काठमाडौँ । कोभिड १९ का कारण स्थगित भएको काठमाडौँ-ल्हासा सीधा उडान बिहीबारबाट सुचारू भएको छ । ल्हासाका लागि नेपाली महावाणिज्यदूत नवराज ढकालले बिहीबारबाट काठमाडौँ-ल्हासा सीधा उडान सुरू भएको जानकारी दिएका छन । चीनका अन्य सहरमा रोकिएका उडान यसअघि नै सुचारू भैसकेका छन । पहिलो चरणमा हिमालय एयरलाइन्सले चार वर्षपछि ल्हासामा उडान भर्दैछ ।

महावाणिज्यदूत ढकालले नेपाल र चीनको बीचमा कनेक्टीभिटी बढाउनका लागि सन २०२३ मा महत्वपूर्ण उपलब्धि हाँसिल भएको बताएका छन । नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्य सरोकारवालाहरूको निरन्तरको पहलले यो सम्भव भएको ढकालको भनाइ छ । यसले निर्यात र पर्यटन प्रवर्द्धनका लागि नेपाललाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छन ।

ढकालले काठमाडौँ-ल्हासा सीधा उडान यात्रु उपलब्धताको आधारमा सन् २०२४ को जनवरी ८ बाट अझै बढी हुने बताएका छन । महावाणिज्यदूत ढकालले सन २०२४ को मार्चबाट अन्य एयरलाइन्सको फ्लाइट र नेपालको पोखरा र भैरहवाबाट समेत सीधा उडानका लागि कुराकानी भैरहेको बताएका छन । कोभिड १९ का कारण चीनले आफ्नो देश प्रवेश गर्ने अन्तर्राष्ट्रिय नाकामा कडाइ गर्ने क्रममा काठमाडौँ ल्हासाको सीधा फ्लाइट पनि रोकेको थियो ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ११:५२