२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

रिलायबल लाइफको सेयर कारोबारमा आउँदै, कति पाउला ओपनिङ रेन्ज ?

२४ भदाै, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर यही साताभित्रै दोस्रो बजारमा कारोबार आउन सक्ने सम्भावना रहेको छ। कम्पनीले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ गत साउन ३१ गतेनै बाँडफाँड भएकाे थियाे ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। यतिबेला कम्पनीकाे आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला र कहिलेबाट काराेबारमा आउला भन्ने चासोकाे बिषय बनेकाे छ ।

अहिले फाइल अध्ययन गर्ने काम भइरहेकोले  सम्भवतः यही साताभित्रै कम्पनीकाे सेयर नेप्सेमा सूचीकृत भई कारोबारमा आउन सक्ने नेप्सेका एक अधिकारीले बताएका छन् ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँदेखि अधिकतममा ४८६.८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२.२९ पैसा रहेको छ।  साेही नेटवर्थकाे ३ गुणा ४८६.८७ रुपैयाँ हुन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार १४:५२