१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

ज्ञानक्रान्ति ‘महाकाव्य’ र भक्तिसागर ‘खण्डकाव्य’ लोकार्पित


२०८० भदौ ९, काठमाडौँ । कवि रामचन्द्र न्यौपानेको ज्ञानक्रान्ति ‘महाकाव्य’ र भक्तिसागर ‘खण्डकाव्य’ लोकार्पित शनिबार लोकार्पण भएको छ । सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गर्नुभयो ।

दुबै लोकार्पित कृतिको समीक्षा प्रा।डा। भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गर्नुभयो । कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गर्नुभयो ।

कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राख्नुभयो ।

कवि वनवासीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको संचालन कवि राधिका पन्तले गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार २१:४९