
एडिलेड । पछिल्लो समय चर्चामा रहेका नेपाली चार हास्य कलाकार एडिलेड आइपुगेका छन् । कमेडी च्याम्पियन सिजन– २ का बिजेता भरत मणि पौडेल सहित सुमन कार्की, कैलाश कार्की, बिक्की अग्रवाल शुक्रवार हुने कार्यक्रमका लागि आएका हुन् ।
एस के इभेन्टस एण्ड इन्टरटेन्मेनको आयोजनामा `अब हास्छ एडिलेड´ नाम दिईको कार्यक्रम स्थानिय एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्टसेन्टरमा आयोजना हुने भएको छ । मुख्य प्रायोजक इ प्लानेटको एडिलेड स्थित कार्यालयमा आयोजित पत्रकार भेटघाटमाकलाकारहरुले प्रवासको व्यस्त जिवनमा रहनु भएका नेपाली समुदायलाई भरपुर मनोरञ्जन दिने बताए ।
इ प्लानेट एडिलेडका निर्देशक गोविन्द शर्माले कार्यक्रमको मौकामा सारा एडिलेडवासीले हास्न पाउने अपेक्षाले मुख्य प्रायोजकबनेको बताए । इ प्लानेटका प्रबन्ध निर्देशक नयन लामिछानेले हास्य व्यङ्गका कार्यक्रम एडिलेडमा कमै भएको बताउदै यस कार्यक्रमले विद्यार्थी सहितसबैलाई स्वस्थ मनोरञ्जन दिने बताए ।
एक प्रश्नको जवाफ दिदै कलाकार सुमन कार्कीले पछिल्लो समय हास्य व्यङ्ग क्षेत्रमा समेत हुने देखिने गरेको विवाद तर्फ संकेत गर्दैकलाकारले पनि राष्ट्रियता, धर्म, जात तथा लैङ्गिकताका विषयमा प्रस्तुति दिदा बिशेष ध्यान दिनु पर्ने र बताउदै दर्शक श्रोताले पनिसानो तिनो विषयलाई हास्य व्यङ्गमा हुने प्रस्तुतिहरुमा मनोरञ्जनको रुपमा बढि बुझ्नु पर्ने बताए । कार्कीले मह जोडीका जस्तासदावहार प्रस्तुति दिन सधै व्यग्र रहेको बताउदै उहाहरुले कोरेको बाटोमा छौ । उहाहरु प्रति आफुहरुको ठुलो सम्मान रहेको समेत बताए।
आयोजक एस के इभेन्टस एण्ड इन्टरटेन्मेनका निर्देशक कमल थापा मगरले पछिल्लो समय नव हास्य कलाकारहरुले नेपालीदर्शकहरुको मन जित्दै गइरहेको सन्दर्भमा यहा आयोजना हुने कार्यक्रमले राम्रो दर्शक पाउने अपेक्षा गरिएको मगरले बताए ।
मगरले आयोजक एस के इभेन्ट एडिलेडमा आधारित कार्यक्रम व्यवस्थापन सम्वन्धी सेवा दिन शुरु गरिएको बताए । उनले इभेन्टलेनेपाली लाइभ इभेन्टहरूमा सेवाको गुणस्तर बढाउन नयाँ स्थापना गरेको बताउदै संस्थापकसँग विगतका वर्षहरूमा लगातार सफलकार्यक्रमहरूको प्रबन्ध गरेको इतिहास रहेको समेत बताए ।
मगरले एडिलेड सहरमा बसोबास गर्ने नेपाली युवाहरूको लागि कार्यक्रम आयोजना गर्दै सम्पुर्ण नेपाली समुदाय र गैर–नेपाली समुदायकालागि सांस्कृतिक कार्यक्रम, लाइभ सांगीतिक कन्सर्ट, डान्स पार्टी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने समेत बताए । यहि क्रममा स्ट्यान्डप कमेडीका स्थापित हुदै गएका चार कलाकारमा एडिलेडमा निमन्त्रणा गरेको बताए ।
प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १६:२३