१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

ल्हारक्यालहरुलाई देश दुख्दैन


-लक्ष्मण सिटाैला

बैंकको लकरमा बन्दुक राख्ने कि पैसा ?
बन्दुक राखे बापत तिन्ले ब्याज पनि
बन्दुक नै पाँउथे होलान् शायद !
बैंकहरुले किसानको कन्चटमा
गोली ताक्न थालेको
गणतन्त्र स्थापनादेखि नै हो
बैंकहरु पनि ल्हारक्यालकै जुठो हुन
धनीलाई मात्रै ऋणदिने
यिनीहरुलाई देश कहिले दुखेन

यो देशमा ल्हारक्यालका चेलाहरुले
शान्ति बाहिर खोजे भित्र खोजेनन्
त्यसैले त बैंकले अनुमति दियो, कि
लकरमा नोट होईन युद्ध निम्त्याउने
बारुद राख्ने अनुमति दियो
र यसैगरी बैंकहरुलाई ठुला ठुला
ल्हारक्यालहरुले बन्दुक राख्न दिएर
सुरक्षा दिइनै रहे
किनकि यहाँ बिदेशी ल्हारक्यालहरुलाई
देश कहिल्यै दुख्दैन

बुद्धले भनेका छन-” धार्मिक त उहि हो
जस्ले अरुका निम्ति त्याग गर्न सक्छ”
बुद्धले प्रेम र त्यागको दियालो बालेर गए
हामीले ल्हारक्यालहरुलाई डाकिरह्यौ कि
यो देशको धर्म र संस्कृति रक्षा गर्न
र त आज आफैँ अधार्मिक भएका छौ
बुद्धको अदालतमा
पापी करार भएकाहरुलाई
बुद्धलाई सुद्द पार्ने जिम्मेवारी दिएर
यहाँ ल्हारक्यालहरुलाई देश दुख्दैन

बुद्धको कन्चठ ताक्नेहरु
बुद्धको साधु शरणमा जानू त ठिकै होला !
तर ! रगत खान पल्केको हिस्रक बाघलाई
अमृतको तलाउ के काम ?
शान्तिको आकाश के काम?
निर्मल धरतीको के काम ?
प्रेमको नैया के काम ?
जस्तो सुगुरलाई सफा मन पर्दैन, किनकि
यहाँ भोका ल्हारक्यालहरुलाई देश दुख्दैन

यहाँ आफ्नै हातले
देश आर्जिनेलाई पो देश दुख्छ
शरणार्थीलाई के दुख्छ ?
बुद्ध पनि लजाउछन होला- कि
हामी हातमा बारुद बोकेर
शान्ति यात्रामा निस्केका छौँ

बुद्धले भने जस्तै
तीन कुरा कहिले लुक्न सक्दैन
सुर्य, चन्द्र र सत्य
कि यहाँ ल्हारक्यालहरुलाई देश दुख्दैन

२०८० साउन २२ गते

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १४:३५