१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

निरन्तर राष्ट्रिय झण्डाको अपमान गर्दै राष्ट्रपति रामचन्द्र पाैडेल, विदेशीका अघि पनि अपमान


-पवित्रा मुडभरी

७ साउन, काठमडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गलत राष्ट्रिय झण्डाको प्रयोगलाई निरन्तरता दिएका छन । राष्ट्रपति भएदेखि नै गलत राष्ट्रिय झण्डाको प्रयोग गरिरहेका पौडेलले विदेशी पाहुनासँगको भेटवार्तामा पनि गलत झण्डा प्रदर्शन गरेका छन । संविधानको संरक्षक राष्ट्रपतिले नै गलत राष्ट्रिय झण्डको प्रयोग निरन्तर गर्नुले कुन नियतले यस्तो भैरहेको छ भन्ने प्रश्न समेत उठेको छ ।

नेपालको संविधान र कानुनले निर्दिष्ट गरेको भन्दा फरक झण्डाको प्रयोग गर्नु कानुन विपरितको काम हो तर बिडम्बना सोही काम राष्ट्रपति रामचन्द्र पौडेलले गरिरहेका छन । झण्डै दर्जनको हाराहारीमा सल्लाहकार र स्वकीय सचिवलाई जागिर दिएका पौडेलको यो गतिबिधिमा उनको सचिवलाय थाहा नपाएझैँ गरी बसेको छ । यद्यपी यसअघि हामीले राष्ट्रपतिका प्रेस सल्लाहकारसँग यस विषयमा जानकारी माग्दा त्यस्तो नभएको दाबी गर्दै उनले बुझ्ने बताएका थिए ।

आइतबार पनि दैनिकीले प्रेस सल्लाहकार किरण पोखरेलसँग राष्ट्रिय झण्डाको अपमान गर्ने राष्ट्रपतिको नियत हो भन्ने प्रश्न गरेको थियो । सोको जवाफमा सल्लाहकार पोखरेलले उहाँले पहिल्यैदेखि त्यस्तै झण्डा प्रयोग गर्दै आएको दाबी गरे । उनले राष्ट्रिय झण्डाको अपमान गर्ने कुनै नियत भने नरहेको दाबी गरे । यद्यपी राष्ट्रपति भएदेखि नै पौडेलले गलत राष्ट्रिय झण्डाको प्रयोग गर्दै आइरहेका छन । यो कदमका बारेमा दैनिकीले पटक पटक समाचार प्रकाशित गरेर सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

आइतबार चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनको शिष्टाचार भेटवार्ताका क्रममा पनि राष्ट्रपतिले नेपालको गलत राष्ट्रिय झण्डाको प्रयोग गरेका छन । तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेका थिए ।

सर्वसाधारणले समेत अनुशरण गरून भनेर झण्डाको सही प्रयोग गर्नुपर्नेमा संविधानको संरक्षक राष्ट्रपतिले नै गलत झण्डाको प्रयोग त्यसमा पनि विगत तीन महिनादेखि सार्वजिनक रूपमा प्रश्न उठ्दा समेत जवरजस्ती प्रयोग गर्नुले धेरै शंकाहरू जन्माएको छ । पछिल्लो समय नेपालको राष्ट्रियता नै खतरामा पर्ने भन्दै भैरहेका टिकाटिप्पणीमा बल पुग्नेगरी राष्ट्रपतिले गलत झण्डाको प्रयोग गर्नु निन्दनीय रहेको छ । राष्ट्रपति पौडेलले छातीको देब्रे भागमा लगाएको लोगोमा गलत राष्ट्रिय झण्डाको प्रयोग भएको छ ।

नेपालको संविधान र कानुनले निर्दिष्ट गरेको भन्दा फरक झण्डाको प्रयोग गर्नु कानुन विपरित हो । आफूलाई राष्ट्रवादी भन्न रूचाउने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दैनिकीका तर्फबाट दुई पटक ध्यानाकर्षण गराउँदा यसबारेमा गम्भीर रहेको बताए पनि अहिलेसम्म कुनै निर्देशन दिने र बजारमा छ्यापछ्याप्ती रहेका गलत राष्ट्रिय झण्डा जफत गराउनेतर्फ कुनै कदम चालेका छैनन् । पछिल्लो समय राष्ट्रिय झण्डाको लोगो प्रयोग गर्ने उच्च अधिकारीहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाहेकका धेरैले गलत झण्डा प्रयोग गरिरहेका छन ।

राष्ट्रपतिको तस्बिरमा वास्तविकता छोपेर लिपपोत गरेर कोठी हटाएकोमा चौतर्फी बिरोध भएपछि राखिएको औपचारिक तस्बिरमा समेत सोही गलत झण्डाको प्रयोग भएको छ । नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको परम्परागत झण्डा नेपालको राष्ट्रिय झण्डा भएको उल्लेख गरिएको छ । तर राष्ट्रपतिले प्रयोग गरेको झण्डामा त्रिकोण रहेको छैन ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पाैडेलले नै प्रयोग गरे गलत नेपाली झण्डा, राष्ट्रिय झण्डा माथि किन अपमान ?

प्रकाशित मिति : ७ श्रावण २०८०, आईतवार २१:०१