१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

एमाले नेता समिर नेपालले जन्मदिनमै सार्वजनिक गरे दुई कृति


२२ असार, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भैसकेका छन ।

कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले समिरको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’को महत्त्व झन् बढेको बताइन ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार २२:४९