१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने


१५ जेठ, काठमाडौँ । सरकारले गाँजा खेतीको सभ्भाव्यता अध्ययन गर्ने भएको छ । आर्थिक वर्ष २०७८०र८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने जानकारी दिए ।

सरकारले ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठूला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्टयाएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७८०र८१ को बजेट सार्वजनिक गर्दै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:१८