७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शैक्षिक सुधारको लागि अनेरास्ववियु स्वयंसेवक शिक्षक बनेर सामुदायिक विद्यालयमा जाने


-किरण देउजा

१२ जेठ, काठमडाैँ । अनेरास्ववियुको दोस्रो केन्द्रिय कमिटीको बैठक गत जेठ(४-६)मा काठमाडाैँमा सम्पन्न भयो । उक्त बैठकले राजनैतिक, शैक्षिक लगायतको निर्णय गरेको छ । अनेरास्ववियुले सामुदायिक विद्यालय सुधारका लागि, सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक बनेर जाने निर्णय गरेको छ ।

अखिल अध्यक्ष समिक बडालका अनुसार “अहिले सामुदायिक विद्यालयको शैक्षिक स्तर दिनानुदिन ओरालो लागिरहेको छ, त्यो सुधार गर्न एक पक्षले मात्र नसक्ने भएको हुदाँ, विद्यार्थीको हितको लागि काम गर्ने संगठन भएको नाताले सामुदायिक विद्यालयलाई सुधार्ने जिम्मेवारी हाम्रो समेत हो भन्ने मनन गर्दै हामीले उक्त अभियान चलाउने निर्णय गरेका हौ ।” बडाल उक्त अभियान बारे प्रस्ट्याउदै थप्छन्, “सार्वजनिक विद्यालय सवलिकरणमा मिसन क्लासरुम अभियानमा स्कुल सुधार अभियान । यो विद्यालयका विद्यार्थीसँग विश्वविद्यालयका विद्यार्थी जोडेर नेपालको उच्चशिक्षा प्रति विद्यालयका विद्यार्थीलाइ आकर्षित गर्ने र बिदेश मोहलाइ निरुत्साहित गर्न सकिन्छ कि भन्ने कोशिस हो ।

यो अभियानबाट सामुदायिक विद्यालयको खास समस्या के हो पहिचान गर्न सकिने र अखिलका साथीहरुले जानेका ज्ञान सीप विद्यार्थी माझ पुर्याउने लक्ष्य छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार्न यो महत्वपुर्ण खुड्किलो हुनेमा हामी आशाबादी छौं ।

यो अभियानमा को को सहभागी हुन्छन् त? कहिलेबाट सुरु हुन्छ? जाने प्रक्रिया के छ त ?
अध्यक्ष बडालका अनुसार केन्द्रीय कमिटी ,विश्वविद्यालय राष्ट्रीय कमिटी, जिल्ला कमिटी र क्याम्पस कमिटीका साथीहरु परिचालन गर्छौ । यो अभियान जेठको अन्तिम साताबाट सुरु हुन्छ ।

सम्पुर्ण कमिटीले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाको शिक्षा शाखामा अभियान बारे पत्रचार गरेर अनुमति लिने

कुन बिधालय जाने त्यहाको वडासंग पहिला समन्वय गर्न र बिधालय संग अनुमति लिने

आफुले अध्ययन गरेको बिषय र आफ्नो योग्यता जानकारी गराउने

आफुले अध्यापन गराउने पाठ्यक्रमको बार्षिक कार्यतालिका तयार गरेर बिधालय लाई बुझाउने

बिधालय सुधार को लागि त्यहाँको समस्याहरु टिपोट गरेर सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १८:४७