७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सरकारले एमाले विरुद्ध हिलो छ्याप्ने काम गरिरहेको छः अध्यक्ष ओलि


१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार एमाले विरुद्ध नियोजित रुपमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौं आयोजित निर्वाचित जनप्रतिनिधिका लागि अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले एमाले विरुद्ध हिलो छ्याप्ने काम गरिरहेको आरोप लगाए ।

आफू विरुद्ध भएको आक्रमण समेत सरकार कै हात रहेको उनको आशंका छ । ‘अस्ति म माथिको आक्रमणमा सरकारले दुःख मनाउ चिन्ता व्यक्त कतै गरेन । सरकार भित्रभित्र प्रोत्साहीत गर्ने संरक्षण गर्ने,बाहिर चुप लागेर बस्ने तर वास्तवमा सरकारको भूमिका एमालेको विरोधमा छ । एमालेको विरुद्धमा काम गरेको छ । सारा सत्तापक्षले नीति कार्यक्रम विर्सेर केपि ओलिको विरोधमा उत्रियो ।

उनले भुटानी शणनार्थी प्रकरणमा सरकारी पक्षका मान्छेले पैसा लिएको कुरा आउँदा सम्म सरकारले संरक्षण गरेको आरोप लगाए ।
‘९ करोड बुझाए भन्छ एउटा मान्छे । कहाँबाटल्याएर बुझायो । दुनियाँसंग पैसा उठाएको छ उसले उ अपराधीहो कि हैन् ? तर सरकार ९ करोड बुझाएको मान्छेलाई सरकारीगवाहभनेर सुचनादातामा राख्छ । यहाँमिलेमत्तो छैन भनेर कसरीभन्ने? भष्ट्राचार छैन कसरीभन्ने ? क—कस्को संलग्नताछ, त्यो विस्तारै उजागर हुँदै जानेछ । एमालेको विरुद्ध हिलो छयाप्ने प्रयास ,आरोपतिगर्ने प्रयास अनेक प्रयासहरु हुन सक्छ । अनेक प्रकारको हमलाहुन सक्छ ।’

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १६:५४