२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

सानिमा बैंककाे शाखा नवलपरासीको सुनवलमा

१२ जेठ, काठमाडाैं । सानिमा बैंक लिमिटेडले आज जेठ १२ गते नवलपरासीको सुनवल नगरपालिका–४ सुनवल चोकमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे।

उद्घाटन समारोहमा महजोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १३:३१