७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गम्भीर आरोप टाउकोमा बोेकेर सदनमा भाग लिन सक्दैनौंः सुवास नेम्वाङ


१२ जेठ,  काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पशुपतिनाथमा पिलतलको जलारी चढाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको भन्ने सत्ता पक्षबाट लागेको आरोपको छानविनका लागि माग गरेका छन् । शुक्रवार प्रतिनिधिसभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् ।

उनले भने ‘प्रतिपक्षको हाम्रो जिम्मेवार नेतामाथि लागेको कुरा गैर जिम्मेवार छ । सुनको जलहरीको नाममा पशुपतिनाथमा पिलतलको जलहरी चढाएर भ्रष्टाचार गर्ने काम भएको छ । यो यति गम्भीर आरोप लागेको छ । सत्ता पक्षले यस्तो आरोप लगाएको छ यो टाउकोमा बोकेर कसरी भाग लिन सक्छौं हामी । दूधको दूध पानीको पानी होस् । यो छानबीन गरेर टुङ्गोमा पु¥याउँ सम्पूर्ण कुरा सफा भएपछि मात्र हाउसमा बसौं ।’

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १२:५६