८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीकाे सेयर काराेबार राेक्का


१२ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर काराेबार राेक्का भएकाे छ । नेप्सेमा जेठ १४ गतेआइतबार देखि लागू हुने गरी अजाेड इन्स्याेरेन्स कम्पनी लिमिटेड र यूनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर काराेबार राेक्का भएकाे हाे ।

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्योरेन्सबीच एक आपसमा गाभ्ने गाभिने मर्जर कार्य सम्पन्न भई जेठ १४ गतेदेखि यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार हुँदैछ ।

त्यसैले, धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको सेयर कारोबार जेठ १४ गते देखि लागू हुने गरी रोक्का गरिएकाे नेप्सेले जनाएकाे छ ।

यी दुई कम्पनीको मर्जरलाई नेपाल बीमा प्राधिकरणले जेठ २ गते, कम्पनी कम्पनी रजिस्ट्रार कार्यालयले जेठ ८ गते र नेपाल धितोपत्र बोर्डले जेठ ९ गते अन्तिम स्वीकृति प्रदान गरेका थिए।

यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।  युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १२:४९